फाइल तस्वीर- एपी

अन्तर्राष्ट्रिय

चीनमा सेवा क्षेत्रको वृद्धिदर ६ महिना यताकै सुस्त

By खबरहब

March 14, 2022

काठमाडौं– फेब्रुअरी महिनामा चीनको सेवा क्षेत्रको वृद्धिदर पछिल्लो ६ महिना यताकै सुस्त रहेको तथ्यांक सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले कठोर नीतिहरू लिएसँगै चीनमा सेवा क्षेत्रको वृद्धिदर घटेको हो ।

काइसिन/मार्किट सर्भिसेज पर्चेजिङ म्यानेजर्स इन्डेक्स सूचकांक (पीएमआई) फेब्रुअरी महिनामा घटेर ५० दशमलब २ पुगेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

अघिल्लो महिना अर्थात् जनवरीमा पीएमआई सूचकांक ५१ दशमलब ४ थियो । यसअघि अगष्ट महिनामा यो सूचकांक ४६ दशमलब ७ प्रतिशतमा झरेको थियो ।

शून्य कोरोना नीति लिएको चीनले महामारीलाई नियन्त्रण गर्न भन्दै विभिन्न शहरहरुमा लकडाउन र मानिसहरुको गतिशीलतामा कडाई गरेसँगै यसको मार चिनियाँ उत्पादनमूलक एवम् सेवा क्षेत्रमा पर्न गएको जनाइएको छ ।