फाइल फोटो

समाचार

एमसीसीको विरोधको कुनै अर्थ छैनः महामन्त्री शर्मा

By खबरहब

March 14, 2022

उदयपुर– नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

नेपाली काँग्रेसको घरघर जाउँ, काँग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसीसी परियोजना आवश्यक रहेको जिकिर गरे ।

महामन्त्री शर्माले हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै अर्थ नभएको बताए ।