अपराध

अनलाइनमार्फत् ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

March 14, 2022

काठमाडौँ– अनलाइनमार्फत् ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुर ठिमी बस्दै आएका ३८ वर्षीय गान्दिप गौतमलाई पक्राउ गरेको हो ।

फेसबुक र ह्वाट्सअपको माध्यमबाट चिठ्ठा परेको भन्दै २९ लाख ४० हजार ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

९० लाखको चिठ्ठा परेको भन्दै गौतमको समूहले पीडितलाई विश्वासमा पारेको थियो । त्यसपछि यो पैसा पाउनका लागि कर तिर्नुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा रहेको बैंक खाता नम्बर र आईएमईको माध्यमबाट २९ लाख ४० हजार रुपैयाँ पीडितबाट जम्मा गर्न लगाइएको थियो ।