समाचार

साउदी अरबका राजकुमार नेपालमा

By खबरहब

March 14, 2022

काठमाडौँ– साउदी अरबका विदेशमन्त्रीसमेत रहेका राजकुमार फेसला बिन फरहान अल साउद नेपाल आइपुगेका छन् ।

दुईदिने औपचारिक नेपाल भ्रमणका लागि उनी आज काठमाडौँ आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालले साउदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

राजकुमार साउद राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ताका साथै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग बैठक गर्ने कार्यक्रम छ ।