क्रिकेट

महिला विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको लगातार तेश्रो जित

By खबरहब

March 14, 2022

एजेन्सी– महिला विश्वकप वन डे क्रिकेटअन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।

माउन्ट मउगानुईमा भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई तीन विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाको यो लगातार तेश्रो जित हो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३५ रनको योगफल तयार पारेको थियो । जवाफमा दक्षिण अफ्रिकाले ४ बल बाँकी रहँदै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि लाउरा वलभर्डिटले ७७, कप्तान सुने लुसले ३६, मारिजने कापले ३२ रन बनाएका थिए ।

त्यस्तै, इंग्ल्यान्डका लागि ओपनर टमी बेउमोन्टले ६२, एमी जोन्सले ५३ र सोफिया डन्क्लीले २६ रन बनाएका थिए ।