सांकेतिक तस्बिर

समाचार

उदयपुरमा टिपर दुर्घटना, २ जनाको मृत्यु, २४ जना घाइते

By खबरहब

March 14, 2022

उदयपुर– उदयपुरको दुधौलीमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

अन्य २४ जना घाइते भएका छन् ।

दुर्घटनामा कटारी नगरपालिका–२ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो ।

टिपर सिन्धुलीको दुधौली नगरपालिका– ५ सिथौली र खनिया खण्डमा पल्टिएर दुर्घटना भएको हो ।

घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतक तथा घाइते सबै कटारी नगरपालिकाका हुन् । ना.३ ख ७४९० नम्बरको टिपर दुर्घटना भएको हो । टिपर चालक प्रहरीको नियन्त्रणमा छन् ।