तस्बिर: उडग्राम

मनोरञ्जन

नेपाल आए सोहेल

By खबरहब

April 14, 2022

काठमाडौँ- आउँदो जेठ १४ गते सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न उनका भाइ सोहेल खान नेपाल आइपुगेका छन् ।

उनी आज हुने पत्रकार सम्मेलमसँगै कार्यक्रमको जानकारी लिन हिजो बेलुकी नेपाल आइपुगेका हुन् । ‘सोहेल नेपाल आइपुग्नु भएको छ । हामी थप जानकारी पत्रकार सम्मेलनमा दिनेछौँ’ ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले भने ।

दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । ओडीसीका सिमान्त गुरुङले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने बताए । कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकेट मूल्य तोकिएको छ ।