तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

न्युयोर्कको सबवेमा भएको गोलिकाण्डका संदिग्ध बन्दुकधारी पक्राउ

By खबरहब

April 14, 2022

काठमाडौं- २४ घण्टाको खोजीपछि न्युयोर्क प्रहरीले अन्ततः ब्रुकलिन सबवे स्टेशनमा मंगलबार भएको बन्दुक हमलाका आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले आक्रमणका संदिग्ध फ्रान्क रोबर्ट जेम्सलाई म्यानहटनको इष्ट भिलेज इलाकाबाट गिरफ्तार गरेको हो ।

सर्वसाधारणले दिएको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सीएनएनका अनुसार गस्तीमा रहेका प्रहरीले उनलाई गरेका हुन् ।

स्थानीय समयअनुसार मंगलबार बिहान सबवे स्टेशनमा उनले चलाएको गोली लागेर १० जना घाइते भएका थिए भने अन्य दर्जनौँ घाइते भएका थिए ।

घाइतेमध्ये कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको थियो । उनले ३३ राउण्ड गोली प्रहार गरेको सीएनएनले जनाएको छ ।

सो घटना अतिवादी हमलासँग सम्बन्धित भए – नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।