तस्वीर- युट्युब/भीयू स्पोर्ट/स्क्रिनग्राब

क्रिकेट

मलेसिया ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

By खबरहब

April 14, 2022

काठमाडौं- मलेसिया ११ ले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियाले उत्तर प्रदेश क्लब ११ लाई १४ रनले पराजित गरेको हो ।

वर्षाका कारण मैदान भिजे पछि ढिला गरी सुरु भएको खेललाई घटाएर ५ ओभरमा सीमित गरिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित ओभरमा ३ विकेट गुमाएर ४४ रन बनायो ।

मलेसियाका लागि सैयद अजिजले २३ रन र विरनदिप सिंहले अविविजित २० रन जोडे । ४५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको उत्तर प्रदेशले ५ ओभरमा ४ विकेट गुमाएर मात्र ३० रन बनायो ।

उसलाई लक्ष्य प्राप्तिबाट रोक्न मलेसियाका विरनदिप सिंहले २ तथा विजय उन्नी र सैयद अजिजले १–१ विकेट लिए ।