तस्वीर- फ्रेस्नो २४

अन्तर्राष्ट्रिय

९० वर्षकी इटालियन हजुरआमा भन्छिन्, ‘मेरो कक्षाका साथीहरू नातिनातिना जस्तै छन्’

By खबरहब

April 14, 2022

काठमाडौं- पढ्नका लागि उमेरको कुनै हद हुँदैन । इटालीकी एक ९० वर्षीया वृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् ।

अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन् । स्कुल डिप्लोमा पूरा गर्न कक्षा कोठामा फर्किएकी छन् ।

मुर्जिया डोलियानोभा सार्डिनियामा रहेको आफ्नो घर नजिकको केन्द्रमा लाइसेन्जा मिडियाका लागि पाठहरू अध्ययन गर्दैछिन् । उनी कक्षामा सबैभन्दा जेठी छात्रा हुन् ।

उनले मिडिल स्कुल डिप्लोमा लिएकी छिन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोर किशोरीले  पूरा गर्छन् ।

‘मलाई पढाइ मनपर्छ । मलाई यो सधैँ मनपर्छ । तर जब युद्ध सुरु भयो, मेरो लागि सबै परिवर्तन भयो । कुनैबेला पैसा भएकाहरूले मात्र अध्ययन गर्न सक्थे’, उनले भनिन् ।

‘मलाई इतिहासका पुस्तकहरू सधैं मनपर्छ, किनभने मैले पुस्तकहरूमा लेखिएको इतिहासको राम्रो अंश अनुभव गरेँ । मैले पहिलो विश्वयुद्धको परिणाम देखेकी छु र दोस्रो विश्वयुद्धमा बाँचेको छु’, मुर्जियाले थपिन् ।

(डेली मेलबाट)