मनोरञ्जन

दरबार सिनेम्याक्स र कालिमाटीमा वान सिनेमाज सञ्चालनमा

By खबरहब

April 14, 2022

काठमाडौँ– नयाँ वर्षको अवसर पारेर काठमाडौँमा दुई नयाँ हल सञ्चालनमा आएका छन् ।

दरबारमार्गमा दरबार सिनेम्याक्स र कालिमाटीमा वान सिनेमाजको नयाँ हल सञ्चालनमा आएका हुन् । गुण ग्रुपले सञ्चालनमा ल्याएको दरबार सिनेम्याक्समा दुईवटा अडिरोरियममा गरी १ सय ३ सिट क्षमता रहेको छ ।

हलमा अत्याधुनिक साउण्ड सिस्टम र अर्डरअनुसार खानाको पनि सेवा रहेको राजेन्द्र शाक्यले जानकारी दिए । हलको व्यवस्थापन भने क्यूएफएक्सले गरेको छ

यस्तै वान सिनेमाजले दोस्रो फ्रेन्चाइज हल कालिमाटी ट्रेड सेन्टरमा ल्याएको हो । यसअघि नयाँ बानेश्वरमा हल सञ्चालनमा ल्याएको वान सिनेमाजले कालिमाटीमा तीन सय क्षमताका दुई अडिटोरियम सञ्चालनमा ल्याएको हो । हलमा थ्रीडी र डल्बी अटमस ध्वनि प्रणाली जडान गरिएको वान सिनेमाजले जनाएको छ ।