देश/प्रदेश

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण

By खबरहब

April 14, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २६२ पीसीआर तथा १ हजार ८० एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ४४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४७९ जना सक्रिय संक्रमित रहेका छन्।