फाइल तस्वीर

अन्तर्राष्ट्रिय

इलोन मस्कद्वारा ट्विटर खरिद गर्ने प्रस्ताव

By खबरहब

April 14, 2022

 काठमाडौं– टेस्ला कम्पनीका मालिक तथा विश्वकै धनाढ्य इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्ने प्रस्ताव गरेका छन् ।

ट्विटरलाई पत्र लेख्दै उनले खरिदको प्रस्ताव गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको युएसएटुडे अनलाइनले जनाएअनुसार प्रतिशेयर ५४.२० डलरमा खरिद गर्ने उनको प्रस्ताव छ ।

उनको प्रस्तावअनुसार उनले ट्विटरको स्वामित्व प्राप्त गर्न ४१ अर्ब ३० करोड आसपास हुने जनाइएको छ ।

यसअघि मस्कले ट्विटरको ९ प्रतिशत शेयर खरिद गर्दै ट्विटरका सबैभन्दा ठूला शेयरधनी भएका थिए ।

यद्यपि ट्विटरको बोर्डमा भने उनी सहभागी नहुने समाचार सार्वजनिक भएको थियो ।