समाचार

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा काँग्रेसका तेन्जिङ निर्वाचित

By खबरहब

May 14, 2022

काठमाडौं- नेपाली काँग्रेसले मनाङबाट खाता खोलेको छ। मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन्। उनले १ सय ५८ मत ल्याएका छन्।

तेन्जिङ १५८ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएको चामेका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए।

निकट प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन्। तेन्जिङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघिसमेत उनी नै अध्यक्ष थिए।