शनिबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

May 14, 2022

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ६३ पैसा र बिक्री दर १२४ रुपैयाँ २३ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ४० पैसा र बिक्री दर १२९ रुपैयाँ ०३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ७९ पैसा र बिक्री दर १५१ रुपैयाँ ५२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?