मुख्य समाचार

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा कांग्रेसको अग्रता

By खबरहब

May 14, 2022

काठमाडौ.– तेह्रथुमको लालिगुराँस नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नगरपालिकाको वडा नम्बर १ मा २०१ मत गनिसक्दा निवर्तमान मेयर एवं नेपाली काँग्रेसका अर्जुनबाबु माबुहाङले अग्रता लिएका हुन् ।

रुख चिन्हमा १२० मत रुखमा खस्दा एमालेका उम्मेदवारले ६३ मत ल्याएका छन्। उपमेयरतर्फ पनि कांग्रेसले नै अग्रता लिएको छ । उपमेयरमा कांग्रेसले ९३ र एमालेले ८४ मत ल्याएको छ।

वडाअध्यक्षमा भने एमालेले अग्रता लिएको छ। अघिल्लो चुनावमा वडा अध्यक्ष कांग्रेसले जितेको थियो ।