ब्रेकिङ स्टोरी

महानगरको मतगणनाको अन्तिम तयारी: कहाँ के भइराखेको छ ?

By खबरहब

May 14, 2022

काठमाडौं– शुक्रबार देशभर एकसाथ भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ । कतिपय ठाउँमा मतगणना जारी छ भने केही पालिकाको नतिजासमेत आइसकेको छ।

सबैको चासो रहेका ६ वाटा महानगरपालिकामा समेत केही समयमै मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरमा शनिबार बिहान ८ बजेदेखि मतगणना सुरू हुँदैछ भने ललितपुर महानगरमा सात बजे सर्वदलीय बैठक बस्दैछ। ९ बजेदेखि मतगणना हुनेछ ।

वीरगन्ज महानगरमा ११ बजेदेखि मतगणना हुनेछ भने मोरङको विराटनगर र चितवनको भरतपुरमा मतगणनाको अन्तिम तयारी भइराखेको छ । पोखरामा पनि अहिले केहीबेरमा मतगणना हुँदैछ।