मुख्य समाचार

झापाको भद्रपुर नगरपालिकामा गठबन्धनको अग्रता

By खबरहब

May 14, 2022

काठमाडौं- झापाको भद्रपुर नगरपालिकामा ३०० मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ।

मेयर पदमा गठबन्धनका गणेश पोखरेल १ सय १८ मत ल्याउँदै अगाडि छन्। त्यस्तै मेयरमा एमालेका असारु राजवंशीको ७५ तथा राप्रपाका नवराज पनेरुको ७० मत रहेको छ।

उपमेयर पदमा पनि गठबन्धनका शिवकुमार राजभण्डारी १ सय १७ मत ल्याउँदै अग्रता लिएका छन्।

एमालेका कौशिल्या अधिकारीको ७६ तथा राप्रपाका राधा कार्कीको ६३ मत रहेको छ। भद्रपुरमा शनिबार बिहानैदेखि मतगणना सुरु भएको हो।