समाचार

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसको अग्रता

By खबरहब

May 14, 2022

काठमाडौं- भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्र श्रेष्ठले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार ८०० मत गन्दा श्रेष्ठले ४३७ मत पाएका छन्।

एमालेका मदन सुन्दर श्रेष्ठले २८६ मत पाएका छन्। पछिल्लो परिणाम अनुसार उपमेयरमा एमालेकी उत्तरा नेपालले अग्रता लिएकी छन्। उनले ३३६ मत पाएकी छन्।

उनलाई गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठले २९६ मतसहित पछ्याइरहेका छन्।