मुख्य समाचार

अछामको रामारोशन गाउँपालिका १ मा माओवादीको प्यानल नै विजयी

By खबरहब

May 14, 2022

काठमाडौं- अछामको रामारोशन गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल नै विजयी भएको छ।

वडा अध्यक्षमा साउदले पाँच सय १९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका वडा अध्यक्ष उम्मेदवारले ३८० मत ल्याएका छन् भने एकीकृत समाजवादी र कांग्रेसका उम्मेदवारले १६८ मत मात्र ल्याएका छन्।