राजनीति

सुर्खेतको वीरेन्द्रनगरमा एमालेकाे अग्रता

By खबरहब

May 14, 2022

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं १ को  २०० मत गणनामा हुँदा एमालेले अग्रता कायम गरेकाे छ ।

२०० मत गणना हुँदा एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ११४ मत र उपप्रमुख नीलकण्ठ खनालले ११० मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५ मत ल्याएका छन् ।

गठबन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ८१ मत ल्याएकी छिन् भने राप्रपाका मुकुन्दश्याम गिरीले ४४ मत ल्याएका छन्  ।