ब्रेकिङ स्टोरी

पोखरा महानगरको मतगणना सुरु

By खबरहब

May 14, 2022

पाेखरा- पोखरा महानगरको मतगणना सुरु भएको छ । २ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरु भएको हो । दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ । यहाँका आठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।