राजनीति

लाङटाङको मतपेटिका सदरमुकाम धुन्चे आइपुग्यो

By खबरहब

May 14, 2022

रसुवा– रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटिका सदरमुकाम धुन्चे आइपुगेको छ ।

स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका पैदलमार्गबाट सदरमुकाम धुन्चे ल्याइएको हो । पहिले हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिए पनि बोकेरै मतपेटिका ढुवानी गर्न सर्कुलर भएअनुसार शनिबार मात्रै मतपेटिका आइपुगेको हो ।

लाङटाङको मतपेटिका ल्याइएसँगै गोसाईकुण्ड गाउँपालिकाको मतगणना तत्काल सुरु गर्ने मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठक सम्पन्न हुनासाथ मतगणना सुरु हुनेछ । सदरमुकामबाट सबै भन्दा टाढाको मतदान केन्द्र लाङटाङनै हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङमा ८३.१९ प्रतिशत मत खसेको छ । यस वडामा तीन सय सय ६३ मतदाता थिए ।

जसमा तीन सय दुई मत खसेको थियो । यहाँ एक सय ६२ पुरुष र एक सय ४० महिलाले मतदान गरेका छन् ।