ब्रेकिङ स्टोरी

काठमाडौं महानगरपालिकाको मेयरमा बालेनको अग्रता कायमै

By खबरहब

May 14, 2022

काठमाडौं- काठमाडौँ महानगरपालिकाको १, २ र ३२ नम्बर वडाको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । काठमाडौँको १ वडा नक्साल र वडा २ लाजिम्पाट क्षेत्र तथा ३२ वडा कोटेश्वर क्षेत्र हो ।

महानगरको १, २ र ३२ नम्बर वडाको मतगणना जारी रहँदा साहले ३१२ मतसहित अग्रता बचाएका छन्। अहिले काठमाडौँमा ८ सय मत गनिएको छ। उनलाई नेकपा एमालेका केशव स्थापितले २५१ मतसहित पछ्याइरहेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन्। उनले १७८ मत ल्याएकी छन्। जम्मा ३ लाख ५ सय ८४ मतदाता रहेको काठमाडौँ महानगरमा एक लाख ९० हजार १ सय ७० मत खसेको निर्वाचन आयोगले जनाएको छ।

मतगणना अनुसार बालेनले वडा नम्बर १ मा १०१, २ मा ७० र ३२ मा १४१ मत पाएका छन् भने स्थापितले वडा १ मा ९५, २ मा १३ र ३२ मा १४३ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी सिर्जनाले वडा १ मा १०१, २ मा २४ र ३२ मा ५३ मत ल्याएकी छन्।

काठमाडौँ महानगरको मेयर बन्ने दौडमा स्वतन्त्र तथा विभिन्न दलबाट गरी ५४ जना प्रतिस्पर्धी रहेका छन्।