राजनीति

सिगास १ मा कांग्रेसका ऐरी विजयी

By खबरहब

May 14, 2022

बैतडी– बैतडीको सिगास गाउँपालिका१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामचन्द्र ऐरी प्यानलसहित विजयी भएका छन् ।

ऐरी ३४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गगनसिंह धामीले २८४ मत प्राप्त गरेका छन् । पराजित भएका धामी यसअघि २०७४ को चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

अहिले विजयी भएका ऐरी यसअघिको चुनावमा धामीसँगै पराजित भएका थिए ।