ब्रेकिङ स्टोरी

पोखरामा एकीकृत समाजवादीको सुरुआती अग्रता

By खबरहब

May 14, 2022

गण्डकी- पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले सुरुआती अग्रता लिएको छ ।

जारी मतगणनामा भएको ५० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले २२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का मञ्जुदेवी गुरुङले २० मत प्राप्त गरेका छन्।