फाइल तस्वीर

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा शुक्रबार पनि बिदा, सातामा ४ दिनमात्र काम गर्नुपर्ने, विदेश जान बेतलबी बिदा

By खबरहब

June 14, 2022

काठमाडौँ- श्रीलङ्काले कृषि प्रवर्द्धनका लागि भन्दै शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । .

मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जान चाहनेहरूका लागि पाँचवर्षसम्म बेतलबी बिदा दिने निर्णय पनि गरेको छ ।

तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक बिदाको व्यवस्था गरिएको’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले हालै आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए । स्थानीय विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आगामी सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।