ब्रेकिङ स्टोरी

‘नागरिकता विधेयकमाथि विचार गरियोस्’ भ‍न्ने प्रस्ताव पेश गरिँदै

By खबरहब

July 14, 2022

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ विचार गरियोस् भनी संसदमा पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यसअघि बुधबारको बैठकमा गृहमन्त्री खाणले नयाँ नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । सरकारले यो विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ।

साथै आजबाट प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।