प्रवास

साउदीमा दूतावासले फेसबुक लाइभलाई निरन्तरता दिने   

By खबरहब

July 14, 2022

दोहा – साउदीको रियादस्थित नेपाली दूतावासले गत जुलाई १ तारिखमा गरेको फेसबुक लाइभ कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिने जनाएको छ ।

दूतावासले बुधबार साँझ एक सुचना जारी गर्दै फेसबुक लाइभको माध्यमबाट समेत दूतावासले प्रदान गर्ने सेवा प्रवाहका बारेमा साउदी अरबमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई जानकारी दिइने बताएको छ।

त्यस्तै उसले आगामी शुक्रबार जुलाई १५ तारिख दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासको आधिकारिक फेसबुक पेजमा हुने लाइभ कार्यक्रममा जोडिन पनि त्यहाँ कार्यरत नेपालीहरुलाई अनुरोध गरेको छ ।

पहिलो कार्यक्रमको अनुभव र सिकाइको आधारमा अबको कार्यक्रम थप प्रभावकारी बनाउने प्रयास रहने दूतावासले जनाएको छ । फेसबुक लाइभका क्रममा आउने गुनासो र समस्याको सम्भव भएसम्म लिखित रूपमा पनि जवाफ दिने प्रयास गरिने दूतावासले जनाएको छ ।

करिब चार लाख नेपाली श्रमिक कार्यरत रहेको साउदी अरबमा नेपाली श्रमिकहरुको माग अनुसार नै दूतावासले फेसबुक लाइभ कार्यक्रम शुरु गरेको जनाएको छ ।