बलिउड/हलिउड

प्रेमिका जेनासँग रेमनदासले कसे लगनगाँठो

By खबरहब

July 14, 2022

काठमाडौँ- अभिनेता एवं टेलिभिजन पर्सनालिटी समेत रहेका रेमनदास श्रेष्ठले विदेशी प्रेमिका जेना मुड्रासँग बिहीबार काठमाडौँको एक रेस्टुरेन्टमा उनले प्रेमिका विवाह गरेका हुन् ।

सात वर्ष यता प्रेममा रहेका रेमन र जेनाले हिन्दू परम्पराअनुसार विवाह गरेका हुन्। विवाह समारोहमा उनी निकट अन्य कलाकार समेत सहभागी छन् ।

रेमनले जाइरा, द ब्रेकअप, जालो, आधा लभ, मेघा, कर्कश र भिजा गर्ल फिल्ममा अभिनय गरेका छन् । चर्चित टिभी रियालिटी शो हिमालय रोडिजका उनी होस्ट समेत हुन् ।