ब्रेकिङ स्टोरी

उपसभामुखमा एमालेबाट विद्या भट्टराई उम्मेदवार

By खबरहब

July 14, 2022

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ ।

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतमको उम्मेदवारी परेको छ। भुसालको उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक छन्।

अब भुसाल र भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ। सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाइने संवैधानिक व्यवस्था छ।

उपसभामुखको निर्वाचन तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको थियो । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ । मतदान भोलि हुनेछ।