फाइल तस्वीर

अन्तर्राष्ट्रिय

राजापाक्षेलाई सिंगापुर लैजान निजी जेट मालदिभ्स पुग्यो

By खबरहब

July 14, 2022

माले- देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर लैजान एउटा निजी जेट मालदिभ्स पुगेको छ ।

एक निजी जेट माल्दिभ्सको राजधानी मालेमा केही समयअघि अवतरण गरेको र राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरको लागि प्रस्थान गर्ने तयारीमा रहेको डेली मिररले जनाएको छ ।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न नसकेको जनाइएको छ ।

त्यसपछि राजापाक्षेले मालदिभ्स प्रस्थान गर्न निजी जेटको लागि अनुरोध गरेका थिए । मालदिभ्सका अधिकारीहरूले राति अबेरसम्म छलफल सुरु गरेका थिए ।