तस्बिर : बीबीसी

अन्तर्राष्ट्रिय

सरकारी भवन छाड्न श्रीलंकाली प्रदर्शनकारी तयार

By खबरहब

July 14, 2022

कोलम्बो- श्रीलंकाका सरकार विरोधी प्रदर्शनकारीहरूले आफूहरूले कब्जा गरेको सरकारी भवनबाट शान्तिपूर्ण ढंगले बाहिरिने जनाएका छन् । यसअघि कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबिच वार्ता भएको थियो । प्रदर्शनकारीले आर्थिक सङ्कटबिच राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने बताएका छन् ।

यसै साता राष्ट्रपति गोटाबाट राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारी उनको निवासमा प्रवेश गरेका थिए । बुधबार प्रदर्शनकारी प्रधानमन्त्री निवास पनि प्रवेश गरेका थिए ।

कार्यवाहक राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री रनिल विक्रमासिंघले प्रदर्शकारीले ओगटेका सरकारी भवनहरू खाली गर्न माग गरेका थिए । शान्ति सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न उनले सुरक्षा बलहरूलाई निर्देशनसमेत दिएका छन् ।