बलिउड/हलिउड

कंगना बनिन् ‘इन्दिरा गान्धी’

By खबरहब

July 14, 2022

काठमाडौँ- अभिनेत्री कंगना रनौतको आउँदो फिल्म ‘इमर्जेन्सी’ को फस्टलुक सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको भिडियो र पोस्टरमा उनी भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको स्वरूपमा देखिएकी छन् । दुरुस्तै इन्दिरा गान्धी देखिने कंगनाले संसारकै शक्तिशाली र विवादित महिलाको भूमिकामा चित्रण गरेको बताएकी छिन् ।

चाँडै छायांकन सुरु हुने फिल्मको निर्देशन कंगनाले नै गर्दैछिन् । यो फिल्म सन् २०२३ मा प्रदर्शन गर्ने तयारी छ । कंगनाको पछिल्ला केही फिल्म भने असफल छन् । थलाइवी , धाकड फिल्मले दर्शकको साथ पाएनन् । यसपटक कंगनाले निर्देशन सहित प्रोडक्सनको जिम्मा सम्हालेकी छिन् । विशेषत फिल्ममा पूर्व प्रधानमन्त्री गान्धीको इमर्जेन्सीको समयको कथालाई देखाइने छ ।