फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अफ्रिकास्थित राष्ट्रसंघीय शान्ति मिसनलाई सैनिक प्रशिक्षण गर्ने थलो बनाइरहेको चीनमाथि आरोप

By खबरहब

July 14, 2022

काठमाडौँ– चीनले अफ्रिकी महादेशमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति नियोगलाई आफ्ना सैनिक प्रशिक्षण गर्ने थलो बनाइरहेको विश्लेषकहरुले टिप्पणी गरेका छन् । सन् २००८ यता चीनले अफ्रिकी महादेशमा ४० वटा नौसैनिक कार्यदल तैनाथ गरेको छ ।

चीनको यो मिसन ‘टाढाको समुद्रमा सैनिक अभियान’ सञ्चालन गर्ने उद्देश्यले प्रेरित रहेको बताइएको छ ।

अमेरिकाको राजधानी वाशिंटन डीसीमा रहेको राष्ट्रिय रक्षा विश्वविद्यालय अन्तर्गत अफ्रिका सेन्टर फर स्ट्राटेजिक स्टडिजका रिसर्च एसोसिएट पउल ननतुल्याका अनुसार उत्तर पूर्वी अफ्रिकाको तटपारी आदेनको खाडीमा चिनियाँ जनमुक्ती सेनाले समुद्री लुटेराविरुद्ध नौसैनिक अभियान सञ्चालन गरेको बताउँछन् ।

उनका अनुसार समुद्री लुटेराविरुद्धको यो नौसैनिक अभियान चीनले पश्चिम प्रशान्त क्षेत्रबाहिर सञ्चालन गरेको पहिलो नौसैनिक अभियान हो ।