फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

तालिबानद्वारा अफगानिस्तानका पूर्व सरकारी अधिकारीका भाइ र भतिजाको हत्या

By खबरहब

July 14, 2022

काठमाडौँ– अफगानिस्तानको शासन चलाइरहेको लडाकु समूह तालिबानले पूववर्ती सरकारमा काम गरेका एकजना सरकारी अधिकारीका भाइ र भतिजाको हत्या गरेका छन् ।

पूर्ववर्ती अफगान सरकार अन्तर्गत उलेमा परिषद्का पूर्व प्रमुख मौलभी हुसामुद्दिन हुसामले आफ्ना भाइ र भतिजाको तालिबानले हत्या गरेको आरोप लगाएका हुन् ।

भारतीय समचार संस्था एएनआईका अनुसार उनले आफ्ना घाइते भाइको घाँटी रेटेर हत्या गरेको बताएका हुन् । तालिबानले भतिजालाई भने गोली हानेर मारेको मौलभी हुसामुद्दिन हुसामको आरोप छ ।

पछिल्लो समय तालिबानको निशानामा अफगानिस्तानमा सक्रिय इस्लामिक नेताहरु पर्न थालेको टिप्पणी भइरहँदा उलेमा परिषद्का पूर्व प्रमुखका भाइ र भतिजाको हत्या भएको समाचार सार्वजनिक भएको हो ।