ब्रेकिङ स्टोरी

उपसभामुखमा कांग्रेसकी भुसाल र एमालेकी भट्टराईको उम्मेदवारी

By खबरहब

July 14, 2022

काठमाडौँ- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ ।

एमालेको तर्फबाट सांसद विद्या भट्टराईले बानेश्वरस्थित संसद् भवनमा पुगेर मनोनयन दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा एमाले सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका छन्। यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेद्वारहरुलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो । तर, अब भने कांग्रेसकी भुसाल र एमालेकी भट्टराईबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै भुसालले संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन् ।सो उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक छन्।