तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

देश छाडी भागेका श्रीलंकाली राष्ट्रपति सिंगापुर पुगे, आजै मध्यपूर्व उड्ने

By खबरहब

July 14, 2022

काठमाडौँ– देश छाडी भागेका श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे सिंगापुर पुगेका छन् ।

चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव खेपिरहेका जनताको आक्रोश थाम्न नसकी देश छाडेर मालदिभ्स पुगेका राजपाक्षे साउदीया एअरलाइन्सको विमानमार्फत् सिंगापुरको चाङ्गे विमानस्थल ओर्लेका हुन् ।

उनी स्थानीय समयअनुसार ७ बजेर १७ मिनेटमा चाङ्गे विमानस्थल पुगेको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

उनी सिंगापुरबाट आजै मध्यपूर्वको कुनै मुलुक लाग्ने बताइएको छ ।

मालदिभ्सको राजधानी मालेबाट आफ्नी श्रीमती र केही सहयोगीका साथ उनी सिंगापुर उडेका थिए ।