राजनीति

गभर्नर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

By खबरहब

July 14, 2022

काठमाडौँ- अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ ।

काठमाडौँको प्रदर्शन मार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गभर्नर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने संगठनले जनाएको छ ।

‘गभर्नर भएर राजनीति गर्न पाइँदैन’, ‘अर्थतन्त्र तहसनहस पार्ने एम. अधिकारी राजीनामा दे’ लगायतका नारासहितको प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए ।