फाइल फोटो

‘गाई’ माग्दै कमल थापाले सर्वोच्चमा भोलि आफैँ बहस गर्ने

By खबरहब

July 14, 2022

काठमाडौं– ‘गाई’ चुनाव चिन्ह माग्दै राप्रपा नेपालले सर्वोच्च अदालतमा आज मुद्दा दायर गरेको छ । आज दर्ता भएको रिट निवेदनमाथिको सुनवाइ भने भोलिबाट हुने भएको छ ।

मुद्दाको पेशी भोलि तोकिएको हो । भोलिको पेशीमा बहस गर्न अध्यक्ष थापा आफैँ सर्वोच्च अदालत जाने भएका छन् ।

यसको जानकारी दिदै थापाले ट्विट गर्दै भनेका छन्– ‘संविधान र कानूनले ‘गाई’ चिन्ह निषेध गरेको छैन । विगतमा राप्रपा नेपालले ‘गाई’ लिएर जनतामा गएको सर्वविदित छ । राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानून विपरीत र स्वेच्छाचारी छ । यस सम्बन्धि मुद्दाको भोलि पेशी छ । म आफै बहस गर्न जानेछु । सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ ।’