फाइल फोटो

अन्तर्राष्ट्रिय

देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा

By खबरहब

July 14, 2022

काठमाडौँ– देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले राजीनामा दिएका छन् ।

भागेर माल्दिभ्स पुगेर सिंगापुर उडेका गोटाबायाले उतैबाट सभामुखलाई इमेल पठाएर बिहीवार राजीनामा दिएका हुन् ।

श्रीलंका आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ हजारौँ प्रदर्शनकारीले गोटाबायाको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए भने राष्ट्रपतिको निजी निवास समेत कब्जा गरेका थिए ।

श्रीलंकामा ज्यानको जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर सैनिकको सुरक्षामा माल्दिभ्स भागेका थिए ।

समाचार संस्था बीबीसीकाअनुसार राजापाक्षको राजीनामाको खबर आएपछि प्रदर्शनकारीहरुले श्रीलंकामा खुसीयाली मनाउन थालेका छन् ।

गोटाबाया भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघेले कार्यवहाक राष्ट्रपतिको रुपमा काम गर्दै आएका छन् । प्रदर्शनकारीले उनको पनि राजीनामा माग गरेका छन् ।