फाइल फोटो

अन्तर्राष्ट्रिय

रुस्दीका आक्रमणकारीलाई हत्या प्रयासको अभियोग

By खबरहब

August 14, 2022

न्युयोर्क – चर्चित उपन्यासकार सलमान रुस्दीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हत्या प्रयासको अभियोग लगाइएको छ ।

अमेरिकामा शुक्रबार भएको घटनामा आरोपित हाडी मटरलाई हत्या प्रयासको अभियोग लगाइएको न्युयोर्क राज्यको चौताउवा काउन्टीका अभियोजकले बताए ।

मटरलाई एक कार्यक्रममा मञ्चमा दौडिएर ७५ वर्षीय रुस्दी र एक अन्तर्वार्ताकारलाई आक्रमण गरेको आरोप लगाइएको छ । रुस्दीको अवस्था गम्भीर छ ।

भारतीय मूलका ब्रिटश अमेरिकी रुस्दीको उपन्यास द सेटनिक भर्सेसले निन्दा गरेको मुस्लिम समुदायले आरोप लगाउँदै आएका छन् ।