फाइल फोटो

राजनीति

 नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएकोमा सांसदको आपत्ति 

By खबरहब

August 14, 2022

काठमाडौँ- सांसदहरूले नागरिकता विधेयकमा प्रमाणीकरणमा ढिलाइ भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको विशेष समयमा उनीहरूले कुनै पनि बहानामा नागरिकता विधेयकमा प्रमाणीकरणमा ढिलाइ गर्न नहुने समेत बताएका छन् ।

बैठकमा सांसद लीलादेवी सिटौलाले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका व्यक्तिले सरकारले पठाएको विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताइन् । उनले धेरै नागरिक नागरिकताविहीन भएर आत्महत्या समेत गर्न बाध्य हुने अवस्था आए पनि शीर्ष नेताहरू गम्भीर हुन नसकेको धारणा राखिन्।

त्यस्तै बैठकमा सांसद सरिता कुमारी गिरीले अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गरिन् । उनले नागरिकता नपाउँदा हजारौँ युवाहरू अलपत्र परेको अवस्थामा नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताइन्।

नागरिकता विधेयक सासदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको करिव दुई साता हुँदा पनि प्रमाणीकरण भएको छैन ।