फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा आतङ्ककारी हमला हुँदा २ सैनिकको मृत्यु

By खबरहब

August 14, 2022

काठमाडौँ- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलमाथि भएको आतङ्ककारी हमलामा दुई सैनिकको मृत्यु भएको छ । घटनामा अर्का एक जना अधिकृत घाइते भएको सेनाले आइतबार जनाएको छ ।

शनिबार अबेर राति सुरक्षा बलले सो प्रान्तको हर्नाई जिल्ला नजिकै खोस्ट क्षेत्रमा भएको अग्नि आक्रमणलाई विफल पारेको थियो ।

आगलागी गरेर भागेका आतङ्ककारीहरूलाई लखट्ने क्रममा दोहोर झडप हुँदा उक्त घटना घटेको हो । झडपका क्रममा दुई जना सिपाहीको मृत्यु भएको छ भने अर्का अधिकृत घाइते भएका छन् ।