सांकेतिक तस्बिर

अपराध

दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ  

By खबरहब

August 14, 2022

काठमाडौँ- दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् ।

दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिसामा दुबई जानको लागि साढे ७ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाइदिने प्रलोभन उनले देखाएका थिए ।

पीडितलाई मासिक एक लाख रुपैयाँसम्म तलब हुने विश्वास दिलाई उनी ७ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए ।

पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्ध नगर काठमाडौँ पठाइएको छ ।