फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भएको बम आक्रमणमा ८ जनाको मृत्यु

By खबरहब

August 14, 2022

काठमाडौँ– अफगानिस्तानमा अल्पसङ्ख्यक शिया हजारा समुदायको बाक्लो बसोबास रहेको क्षेत्रमा विस्फोट हुँदा कम्तीमा पनि ८ जनाको ज्यान गएको छ ।

धार्मिक समारोहलाई लक्षित गरी राजधानी काबुलमा बम विस्फोट गराइएको हो । विस्फोटनमा अरु १८ जना घाइते भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

बेच्न राखिएका तरकारीको ठेलामा लुकाएर राखिएको बम विस्फोट भएको अफगानिस्तानका सुरक्षा अधिकारीले जनाएका छन् ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले भने आक्रमणमा मुलुक र इस्लामका दुश्मनको हात रहेको टिप्पणी गरेका छन् ।

आक्रमणको जिम्मा आतंककारी संगठन इस्लामिक स्टेटले लिएको छ । इस्लामिक स्टेटले यसअघि पनि अफगानिस्तानमा सैनिक एवम् सार्वजनिक निशानालाई लक्षित गरी आक्रमणहरु गर्दै आएको छ ।