अन्तर्राष्ट्रिय

हारको बाटोमा रुस

By मनोज घिमिरे

September 14, 2022

क्रेमलिनको सफलतापछि रुसी सरकारी न्युज च्यानलका कार्यक्रम हेरिनसक्नुका थिए। आइतबार भने साप्ताहिक कार्यक्रम नै फरक ढङ्गले प्रस्तुत भएको थियो। “युक्रेनमा जारी स्पेसल अपरेसनमा यो अहिलेसम्मकै कठिन साता रह्यो”, समाचार वाचक डिमिट्री कीसीलीभले निराश र उदास हुँदै भने, “खार्किभको अग्र मोर्चा कठिन बन्यो। विरोधी पक्षले हामीले विगतमा कब्जा गरेको स्थानबाट हामीलाई लखेटेका छन्।”

गत महिना धेरै स्थानमा रुसी सेनाले कब्जामा लिएका थिए। पछिल्लो समय उत्तरी पूर्वका युक्रेनी सेनाले सफलता पाउँदै रुसी सेनालाई त्यहाँबाट भगाउन सफल भएका छन्। अझै सरकारी सञ्चार माध्यम रुसलाई बहादुरको संज्ञा दिन छाडेका छैनन्।

त्यहाँको सरकारी पत्रिका रोसीकाया गाजेटाले कालाकलीया, क्युपीन्स र इजुयमबाट भागेको नभई अन्यत्र शक्ति एकत्रित गर्नका लागि तयार भएको दाबी गरेको छ। त्यहाँको ट्याबलाइट पत्रिका मस्कोभ्सकी कमसामोलेटले विरोधीलाई कम आँक्ने र तत्कालै निमिट्यान्न नपारेको कारण अहिले हार सहेको निष्कर्ष निकालेको छ।

पत्रिकामा उल्लेख भएको हार शब्द प्रति आक्रोश व्यक्त गर्दै धेरै अतिवादी रुसी सञ्चार माध्यम र ब्लगरले आक्रोश व्यक्त गरेका छन्। यसरी आक्रोश व्यक्त गर्ने चेचन्यमा प्रभावशाली नेता रामजान काडरयोभ पनि छन्।

“यदि आज या भोलिसम्म त्यहाँ बनाइएका रणनीति परिवर्तन भएन भने”, काडरयोभले चेतावनीको भाषामा भनेका छन्, “हामी रक्षा मन्त्रालयको नेतृत्वसँग कुरा गर्न बाध्य हुनेछौ। त्यसमा पनि देशका नेताले आम जनतालाई वास्तविक कुरा बताउनु आवश्यक छ। यो धेरैका लागि चासोको विषय हो।”

पुटिनले सम्पूर्ण बल लगाउँदै युक्रेनमा आक्रमण गरेको ६ महिना हुन लागेको छ। यस ६ महिनाको अन्तरालमा प्राय गरेर सञ्चार माध्यमले युद्ध अब केही दिनमा नै सकिने र रुसले जित हात पार्ने अनुमान सहितका समाचार प्रकाशमा आउने गरेका थिए। रुसी सञ्चार माध्यमको आशय पनि युक्रेनलाई तासको पत्ती फले जस्तैगरे फाल्न गर्न सकिन्छ भन्ने नै थियो।

यथार्थमा त्यो भएन। युद्धको ६ महिनापछि रुसी सेनाले धेरै धरातल गुमाइसकेको छ। यो समयसँगै एउटा गम्भीर राजनीतिक प्रश्न उब्जिएको छ। के भ्लाडिमिर पुटिनको राजनीतिक जीवन नै अनिश्चित भएको हो।

पछिल्ला २० वर्ष पुटिनको राजनीतिक चमकको सेरोफेरोको रुसको राजनीति घुमेको थियो। उनी सधैं विजयी व्यक्तिको रूपमा रहेका थिए। साँघुरो अवस्थाबाट आफूलाई निकाल्दै उनले सधैं प्रभाव कायम राखे।

पुटिन एउटा यस्तो व्यक्तित्वको रूपमा आफूलाई अगाडि सार्न सकेका थिए कि जस्तोसुकै कठिन गाँठो होस् सहजै फुकाएर समस्या समाधान गर्न उनी खप्पिस मानिन्थे।

२४ फेब्रुअरीपछि यसमा धेरै कुरा फेरिएका छन्। युक्रेनमाथि आक्रमण गर्नुमा उनको धेरै हिसाब गलत भएका कारण हो। छिटो छरितो जित पाउने अनुमान गरिएको यो युद्ध लामो लामो र रक्तपातपूर्ण मात्र भएन विस्तारै पराजयको सम्भावना पनि बढ्दै गएको छ।

जब आधिकारिक नेतृत्वले अनुमान गरेको भन्दा गलत ढङ्गले सबै कुरा चल्न थाल्छ, यसले पक्कै पनि समस्या बढाउँदै लैजान्छ । पुटिनलाई पक्कै अहिले इतिहासको सम्झना भएको छ। इतिहासमा रुसले लडेर जित्न नसकेका धेरै युद्ध छन्।

सन् २००५ को युद्धमा जापानले रुसलाई हराएको थियो। त्यो युद्ध पछि रुसी क्रान्तिको बाटोमा गएको थियो। सन् १९१७ मा रुसी क्रान्ति सम्पन्न हुँदै जार शासनको अन्त्यपछि भएको पहिलो विश्व युद्ध पनि रुसका लागि प्रतिकुल भयो। पुटिन पक्कै पनि अहिले पनि रुसले पराजयसहित युद्धको अन्त्य गरेको हेर्न चाहँदैनन्।

सोमबार पुटिनका प्रवक्ता डिमिट्री पस्कोभले पत्रकार भेला गर्दै सबै लक्ष्य पुरा नभएसम्म युद्धलाई निरन्तरता दिइरहने बताएका थिए ।प्रवक्ताले यसो बताइरहँदा अब पुटिनले के गर्छन् ? भन्ने पनि गम्भीर प्रश्न हो। अहिले पुटिनको योजना के हुनसक्छ भने जानकारी राख्ने मान्छे सायदै होलान्। उनले सैन्य प्रमुख र देशका कूटनीतिक प्रमुख तथा इन्टलिजेन्स प्रमुखसँग कसरी कुरा गर्ने हुन् भन्ने पनि प्रतीक्षाको विषय बनेको छ।

पुटिनका बारे जानकारी राख्नेहरूकै मतमा उनले सायदै गल्ती स्वीकार गर्छन्। अथवा उनी सायदै युटर्न हुने प्रयास गर्छन्।त्यहाँको राष्ट्रिय सञ्चार माध्यमले अहिले पश्चिमा शक्तिको सहयोगका कारण युद्ध हार्ने सम्भावना बढ्दै गएको बताउन थालेका छन्। रुसको टिभीले किभलाई नाटोको सहयोग रहेको र त्यो सहयोग नै रुसका लागि सबै भन्दा टाउको दुखाइको विषय बताएको छ।

अहिले अर्को प्रश्न पनि उठ्न थालेको छ। अहिलेका हात हतियारले जित हात नपारेमा पुटिन के आणविक हतियार प्रयोग गर्न सुरु गर्छन् ? केही दिन अगाडि मात्र युक्रेनी सैन्य प्रमुख भालेरी जालुजेच्नीले रुसले निश्चित अवस्थामा चलाखीपूर्ण ढङ्गले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको बताएका थिए।

रुस टिभीले यसरी हार हुनुका बाबजुद अन्य धेरै उपाय बाँकी रहेकालाई रसियन पीडामा रहन आवश्यक नरहेका बताएको छ। यसको मतलब कतै युक्रेनको ऊर्जा संरचनामा प्रहार नै यस युद्धको टर्नीङ प्वाइन्ट त हुने होइन भन्ने चिन्ता थपिएको छ।

युक्रेनका अधिकारी आफूहरू धेरै ठाउँमा हारेको खबर लिएर मस्को पुग्दा पुटिन भने निर्धक्कले कुनै चिन्ता नलिइकनै युरोपको सबैभन्दा अग्लो टावर फेरिस हिलको उद्घाटन गर्दै थिए । पुटिन अझै उनको अन्तिम निसाना सही हुनेमा विश्वास व्यक्त गर्छन्।

युक्रेनका पूर्व जनरल ल्फ्टीनेन्ट इमोर रामानेन्कोको विचारमा रुसले उनको देशलाई क्षत विक्षत पार्ने चाहना राखेको थियो। उनी पुटिनको त्यो चाहना पुरा नहुनेमा विश्वास व्यक्त गर्छन्। उनको विचारमा रुसले युक्रेनी भालोडोमिर जेलेन्सकीलाई मार्ने योजना बनाएका छन्। त्यसका बाबजुद युक्रेनी राष्ट्रपति सुरक्षित भएको उनी बताउँछन् ।

ती जनरलकै अनुसार रुसको योजना तीन दिनमा किभ कब्जा गर्ने तथा सात दिनमा युक्रेन कब्जा गर्ने नै थियो। एक साता पछि उनीहरूलाई आफूले महिना दिनमा पनि सफलता नपाउने पक्का भइसकेको थियो। यसपछि नै रुसी सेनामा धेरै परिवर्तन भएको थियो।

युक्रेन अनुसन्धानकर्ता मारियम नइम यस युद्धमा रुसको पराजय निश्चित भएको स्वीकार गर्छन्। उनी युक्रेन जितको नजिक गएकोमा ढुक्क छन्। अर्का विश्लेषक मराट गाबीडुलीन पनि रुसको योजना विस्तारै असफल हुँदै गएको बताउँछन्।

एटलान्टी काउन्सिलको एसिया सह इन्चार्ज मेलिन्डा हेर्नी युद्ध अहिले डेडलक अवस्थामा पुगेका बताउँछिन्। उनको विचारमा दुवै पक्षसँग जिती हाल्ने शक्ति छैन। दुवै देशको खार्सेयनका रहेको न्युक्लीयर प्लान्टमा आँखा गडेको छ।

दुवै देशको सेना अब डोनबासमा केन्द्रित हुने उनको अनुमान छ। यदि पश्चिमी देशले सहयोग जारी राखेको खण्डमा त र हतियार तथा त्यहाँको आवश्यकता पुरा गर्दै गएको खण्डमा युक्रेनको जित निश्चित भएको उनको मत छ।

अर्को एक विश्लेषकका अनुसार यो युद्धले युक्रेनले धेरै क्षति सहेको कुरामा दुखित छन्। युक्रेनमा भएको युद्धको कारण त्यहाँको आर्थिक अवस्था र जनजीवन नै समस्यामा परेको छ। लुहान्सक क्षेत्रमा अझै रुसको प्रभाव छ।

पछिल्लो ६ महिनामा रुसले युक्रेनलाई क्षति गरे पनि धेरै स्थानमा हारको सामना गरेको छ । सम्पूर्ण रणनीति असफल भएको छ। रुसको यो असफलतामा पश्चिमा देशको सहयोगसँगै त्यहाँका आम नागरिकले देखाएको देशप्रतिको समपूर्णको भावको भूमिका महत्त्वपूर्ण छ। पछिल्लो साताको खस्केको रुसको अबको बाटो के हुन्छ भन्ने धेरैको चासको विषय हो। साथै रुसले कतिबेला कुन रणनीति अंगिकार गर्छ भन्ने निश्चित नभएकाले त्रासको विषय पनि बाँकी नै छ। स्रोत : बीबीसी, अल जजिरान्सीयल टाइम्स