तस्वीर- एपी

अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा कंगारुको आक्रमणबाट ७७ वर्षे वृद्धको मृत्यु

By खबरहब

September 14, 2022

काठमाडौँ- कंगारुको हमलामा अष्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । मारिने व्यक्ति ७७ वर्षे पिटर एडेस रहेको अष्ट्रेलियाबाट प्रसारण हुने एबीसी टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।

उनले ६० भन्दा धेरै अल्पाका नामक घरपालुवा जनावर पालेर जीवन बिताउँदै आएका थिए । उनलाई आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनको घरमा एम्बुलेन्सका कर्मचारी पुग्दा ती व्यक्तिको मृत्यु भइसकेको थियो । प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएका छन् ।

३ वर्षे उक्त कंगारुलाई ती मानिसले पाल्तु जनावरको रूपमा राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले जनाएको छ ।

अष्ट्रेलियाका सञ्चारमाध्यमहरूका अनुसार यसअघि सन् १९३६ मा कंगारुको हमलामा मानिसको मृत्यु भएको थियो ।