तस्वीर- ट्विटर/एस जयशंकर

राजनीति

परराष्ट्र सचिव पौड्यालद्वारा भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट

By खबरहब

September 14, 2022

काठमाडौँ- भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट गरेका छन् ।

भेटवार्ताका क्रममा परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विरटमा पौड्यालसँगको भेटबाट आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।