क्रिकेट

नवौं राष्ट्रिय खेलकुद : नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश

By खबरहब

October 14, 2022

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा  अलआउट हुँदै १५ रन मात्र जोड्न सक्यो । लुम्बिनी प्रदेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 उसका लागि कप्तान सरस्वती जिएमले बनाएको ६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन जोडेको थियो । पुलिसका लागि कविता जोशीले ४८ तथा सम्झना खड्काले २९ रन बनाइन् । जितसँगै पुलिस ६ अंक जोड्दै समूह ’बी’ को शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको छ ।  

महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।